काठमाडौं– धनुषाको सीमावर्ती गाउँपालिका मुखियापट्टि मुसहरनिया– २ स्थित दशगजा क्षेत्रमा गोली हानी एक महिलाको हत्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार शनिबार राति करिब साढे ८ बजे अज्ञात समूहले महिलामाथि दुई राउण्ड गोली प्रहार गरेको र महिलाको घटनास्थलमै मृत्यु भएको हो ।
मोटरसाइकलमा सवार दुईजना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई गोली प्रहार गरी भारततर्फ नै भागेको प्रहरीले जनाएको छ ।
ती महिला नेपाली हुन् कि भारतीय भन्ने पनि बारे हालसम्म पहिचान खुलेको छैन ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar