काठमाडौं– एसीसी इमर्जिङ टिम्स एसिया कपको उपाधिको लागि आज भारत र पाकिस्तान ‘ए’ टोली खेल्दैछन् । फाइनल खेल श्रीलंकाको आर प्रेमदासा स्टेडियममा दिउँसो सवा दुई बजे शुरु हुनेछ ।
शुक्रबार भएको पहिलो सेमिफाइनलमा पाकिस्तान घरेलु टोली श्रीलंका ‘ए’ लाई ६० रनले हराउँदै र भारत दोस्रो सेमिफाइनलमा बंगलादेश ‘ए’ लाई ५१ रनले हराउँदै फाइनलमा पुगेको हो ।
आठ टोली सहभागी प्रतियोगितामा नेपाल भारत र पाकिस्तानसँग पराजित हुँदै बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले युएईलाई हराएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar