काठमाडौं– काठमाडौं महानगरपालिकाले सडकमा थुप्रिएको फोहर व्यवस्थापन गर्न थालेको छ । नुवाकोटको सिसडोल र धादिङको धुनीबेसीका बासिन्दाले केही दिनअघिदेखि दुर्गन्ध फैलिएको भन्दै फोहर फाल्न अवरोध गरेपछि काठमाडौं उपत्यकाका ठाउँठाउँमा फोहर थुप्रिएको थियो ।
महानगरपालिकाले प्रहरी सुरक्षामा बञ्चरेडाँडाको ल्याण्डफिल्ड साइटमा हिजो शुक्रवारदेखि फोहर पु¥याउन थालेको हो । महानगरका वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठले हिजोदेखि फोहर बोकेका महानगरका गाडी ल्यान्डफिल्डसाइट पुग्न थालेकाले काठमाण्डौ उपत्यकाको सडकमा थुप्रिएका फोहर एक÷दुई दिनभित्रै उठाइसक्ने बताए ।
बञ्चरेडाँडाको ल्यान्डफिल्ड साइटमा फालिएको फोहर माटोले छोप्नुपर्ने र दुर्गन्ध फैलिन रोक्नुपर्ने मौखिक सहमति भए पनि सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar