काठमाडौं– पछिल्लो ६ महिनामा ८७ हजार जना भारतीयले देशको नागरिकता त्यागेका छन् ।
यो वर्षको जुन महिनासम्म ८७ हजार जनाभन्दा बढी भारतीयले देशको नागरिकता त्यागेका परराष्ट्रमन्त्री एस जयशंकरले जानकारी दिए ।
अघिल्लो वर्ष अर्थात् सन् २०२२ मा दुई लाख २५ हजार जनाले भारतीय नागरिकता त्यागेर विदेशी नागरिकता लिएका थिए ।
विदेशमन्त्री जयशंकरले भारतीयहरूले अन्तर्राष्ट्रिय बजारमा रोजगारी खोजिरहेका र धेरैले व्यक्तिगत सुविधाका लागि विदेशी नागरिकता लिएका बताए ।
उनले यति ठूलो सङ्ख्यामा देशबाहिर बसेका भारतीयहरु आफ्नो देशकै सम्पत्ति भएको पनि दाबी गरेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar