काठमाडौं– महामारीको रुपमा फैलिएको लम्पी स्किन रोगबाट कोशी प्रदेशका २ लाख २५ हजार ४ सय २३ गाईभैँसी सङ्क्रमित भएका छन् ।
राँगा भैसीभन्दा गाईगोरुमा यो रोगको समस्या बढी देखिएको छ । लम्पी स्किनबाट हालसम्म प्रदेशमा ५ हजार ४२ गाईभैँसी मरेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय विराटनगरले जनाएको छ ।
निर्देशनालयका फोकल पर्सन डा. देवकुमार दर्लामीले लम्पी स्किनको सङ्क्रमण कोशीका सबै जिल्लामा फैलिएको र इलाम, झापा, मोरङ, पाँचथर, सुनसरी र उदयपुरमा सबैभन्दा बढी क्षति भएको बताए ।
प्रदेशभर ४ हजार ९ सय ७९ गाईगोरु र ६१ रागाभैँसी मरेका छन् । लम्पी स्किन रोगको सङ्क्रमण रोक्न कोशी प्रदेश सरकारले ११ जिल्लामा पशुमा खोप लगाउने अभियान सञ्चालन गरिरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar