काठमाडौं– अवैध सुन तस्करी प्रकरणमा त्रिभुवन विमानस्थल कार्यालयका नायब सुब्बा सरोज श्रेष्ठ निलम्बित भएका छन् । सुन बाहिरिएको दिन एक्स–रे मेसिन हेर्ने जिम्मा श्रेष्ठले पाएका थिए ।
भन्सार विभागले यसअघि कार्यालयका दुई जना कर्मचारीलाई निलम्बन गरिसकेको छ । भन्सार जाँचपास अधिकृत सन्तोष चन्द र जाँचका कुमार ढकाललाई निलम्बन गरेको थियो ।
क्याथे प्यासिफक एयरलाइन्सबाट काठमाडौं आएको अवैध सुन भन्सार कार्यालयबाट बाहिर आएपछि विभागको टोलीले नियन्त्रणमा लिएको थियो ।
यस प्रकरणमा चिनियाँ नागरिकसहित १० जनालाई पक्राउ परेका छन् । भन्सार कार्यालयका कर्मचारीको संलग्नता छानबिन गर्न विभागले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा टोली नै गठन गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar