काठमाडौं– जङ्गली विषालु च्याउ खाँदा बैतडीमा एकै परिवारका पाँच जना बिरामी परेका छन् ।
बिरामी पर्नेमा सुर्नया गाउँपालिका–३ तडीगाउँमा ४८ वर्षीय टेकराज भट्ट, उनकी श्रीमती ३६ वर्षीया धैली भट्ट, छोरा १० वर्षीय भुवन, पाँच वर्षीय छोरा दशरथ र सात वर्षीया छोरी शारदा रहेका प्रहरीले जनाएको छ ।
स्थानीय जङ्गलबाट ल्याएको च्याउ खाएपछि पाँचै जना बिरामी भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए ।
उनीहरूलाई उपचारका लागि स्थानीय वासुलिङ्ग स्वास्थ्य चौकी लगिएकोमा त्यहाँ सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा लगेर भर्ना गरिएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar