काठमाडौं– गृहमन्त्री नारायणकाजी श्रेष्ठ विमानस्थलको आकस्मिक रुपमा निरीक्षणका लागि पुगेका छन् । गृहमन्त्री श्रेष्ठसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निरीक्षणका लागि पुगेका हुन् ।
गृहमन्त्री श्रेष्ठले त्रिभुवन विमानस्थल भन्सार कार्यालय र अध्यागमनको आकस्मिक निरीक्षण गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ ।
क्याथे प्यासेफिकको उडान मार्फत आएको ‘सुन’ मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’ भनेर मगाएको अवस्थामा भेटिएको थियो । असार ३० मा हङकङकबाट काठमाडौं ल्याइएको सो सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar