काठमाडौं– नेपाली राष्ट्रिय क्रिकेट टोलीले श्रीलङ्कामा विशेष तयारी गर्ने भएको छ । नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार नेपालले एसिया कपका लागि श्रीलङ्कामा १५ दिन विशेष तयारी गर्ने भएको हो ।
नेपालले पहिलो पटक एसिया कप क्रिकेट खेल्दैछ । त्यसअघिको तयारीमा नेपालले श्रीलङ्कामा चार अभ्यास खेल खेल्ने क्यानले जनाएको छ । नेपालमा बर्खाको समय भएकाले श्रीलङ्कामै क्याम्प राख्ने व्यवस्था मिलाएको क्यानका कार्यवाहक सचिव दुर्गाराज पाठकले जानकारी दिए ।
एसिया कप आउँदो अगष्ट ३० देखि सेप्टेम्बर १७ सम्म पाकिस्तान र श्रीलङ्कामा हुँदैछ । पहिलो खेल नेपाल र पाकिस्तानबीच पाकिस्तानको मुल्तानमा हुनेछ । त्यस्तै, नेपालले भारतसँग श्रीलङ्काको क्यान्डीमा सेप्टेम्बर ४ तारिखमा खेल्नेछ । नेपाल भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा छ ।
काठमाडौंमा वैशाखमा भएको एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट भएको हो । श्रीलङ्का, बङ्लादेश र अफगानिस्तान समूह ‘बी’ मा छन् । दुवै समूह शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । शीर्ष दुई टोली फाइनलमा पुग्नेछन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar