२०८१ जेष्ठ ७, सोमबार
सिड्नी – स्टेफ क्याट्लेको निर्णायक गोलमा आयोजक अष्ट्रेलियाले नवौं संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुवात गरेको छ ।
घरेलु मैदानमा अष्ट्रेलियाले आयरल्यान्डलाई १–० ले पराजित गर्दै समूह ‘बी’ मा जितसहित महत्वपूर्ण ३ अंक बटुलेको हो । अष्ट्रेलियाको सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा बिहीबार भएको खेलमा घरेलु टोलीको जितमा दोस्रो हाफमा स्टेफ क्याट्लेले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो ।
उनले ५२औं मिनेटमा गोल गर्न सफल भएकी थिइन् । कोनी क्रसले दिएको पासलाई नियन्त्रण लिने प्रयास गर्दा हेली रासोलाई आयरल्यान्डकी मारिसा सेभाले पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले अष्ट्रेलियालाई पेनाल्टी प्रदान गर्दा क्याट्ले चुकिनन् ।कीर्तिमानी ७५ हजार ७ सय ८४ जना दर्शक उपस्थित रहेको खेलमा खेलभर नै बल पोसेसन राख्दै आयरल्यानडलाई दवावमा राखेको अष्ट्रेलियाले त्यसपछि भने थप गोल गर्न नसक्दा क्याट्लेको गोल नै निर्णायक बन्यो । यस जितसँगै समूह ‘बी’ अष्ट्रेलियाले ३ अंक बटुलेको छ । पराजित आयरल्यान्ड अंकविहीन छ ।
विश्वकपमा बिहीबारै अर्काे आयोजक न्युजिल्यान्डले नर्वेलाई १–० ले हराएर विजयी शुरुवात गरिसकेको छ । न्युजिल्यान्डस्थित अकल्यान्डको इडेन पार्कमा घरेलु टोली न्युजिल्यान्डको जितमा ४८औं मिनेटमा हानह विल्किन्सनले गरेको गोल नै निर्णायक बन्यो । यस जितसँगै न्युजिल्यान्डले एक खेलबाट ३ अंक बटुलेको छ । पराजित नर्वे अंकविहीन छ । शुक्रबार तीन खेलमा प्रतिस्पर्धा हुनेछ । नाइजेरिया र क्यानडा, फिलिपिन्स स्वीट्जरल्यान्ड तथा स्पेन र कोस्टारिकाबीच शुक्रबार प्रतिस्पर्धा हुनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar