२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं – ठूलो परिमाणमा सुन बरामद भएपछि व्यवसायी दीपक मल्होत्राले पत्रकार सम्मेलन गरेर स्पष्टीकरण दिएका छन् । उनले सुन तस्करी प्रकरणमा आफू दोषी ठहरिए कानून बमोजिम सजाय भोग्न तयार रहेको बताएका छन् ।
झण्डै १०० किलो सुन प्रकरणमा आफ्नो नाम मुछिएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै उनले सो घटनामा आफू निर्दोष रहेको स्पष्टीकरण दिएका हुन् ।
पत्रकारहरुसँग उनले भने, ‘सुन तस्करी प्रकरणमा मेरो कुनै संलग्नता छैन, म नेपालमा बसोबास गर्ने व्यक्ति हुँ, काम विशेषले कहिलेकाहीँ विदेश जाने गर्छु, दोषी ठहरिए नेपालको कानूनबमोजिम सजाय भोग्न तयार छु ।’
उनले सुन ल्याउने गिरोहलाई बचाउनका लागि र घटना डाइभर्ट गर्न नियोजित रुपमा आफ्नो नाम जोडिएको आशंका व्यक्त गरे। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लगभग १०० किलो सुन बरामद प्रकरणमा राजस्व अनुसन्धान विभागले हालसम्म एक भारतीय नागरिकसहित ६ जनालाई पक्राउ गरेको छ ।
हङकङबाट क्याथे प्यासिफिकको उडान हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पास गरेर सिनामंगल पुग्न लागेको अवैध सुन बरामद भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar