काठमाडौं – नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ ।
कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आजको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिने तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्नु हुने सो पार्टीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
बैठकमा संगठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसंगठन युवा र विद्यार्थी, विभागको कामको व्यवस्थापन, सरकार र संसद्लाई कसरी प्रभावकारी बनाउने, कमिटीमा वरियताको विषय, महाधिवेसनको व्यवस्था, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका बैठकका एजेण्डामा छलफल हुने उनले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar