काठमाडौं – गायिका देविका बन्दनाको आवाज रहेको गीत ‘बुद्ध सादर बन्दना’ छोटो समयमै दर्शकस्रोताको मन जित्न सफल भएको छ ।
गायिका वन्दनाको स्वर रहेको यस गीतमा डा.दिनबन्धु शर्मा तथा गायिका बन्दनाले संयुक्त रुपमा शब्द रचना गरेका हुन् । गीतमा गायिका बन्दना, विजेश तथा मनिषको संगीत रहेको छ । यस्तै, गीतको संगीत संयोजक राजन ईशान हुन् ।
गीतको गीति भिडियोलाई गायिका बन्दनाले नै निर्देशन गरेकी छन् । लुम्बिनी क्षेत्रको परिचय खुल्ने गरी यो गीतको भिडियो छायांकन गरिएको छ । रामकुमार केसीको छायांकन रहेको गीतमा प्रवीण भट्टले सम्पादन तथा कलर ग्रेडिङ गरेका छन् । कोरियोग्राफर सन्तोष राजबाहक हुन् ।
बुद्ध र बुद्धभूमि नेपालको चिनारी संसारभर पु¥याउन सक्ने यो भिडियो सार्वजनिक कार्यक्रममा उल्लेख्य बौद्ध भिक्षुहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली समाजमा विभिन्न तवरबाट योगदान गर्ने आठ जना महिला सिएनएन हिरो अनुराधा कोइराला, कलाकार बसुन्धरा भुसाल, साहित्यकार उषा शेरचन, गायिका कुन्ती मोक्तान, अभिनेत्री करिश्मा मानन्धर, निर्देशक दीपाश्री निरौला, चलचित्र निर्माता रोशनी केसी तथा गायिका सुनिता दुलाललाई सम्मान गरिएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar