काभ्रे – काभ्रे जिल्लाको धुलिखेल सदरमुकामबाट काठमाडौं जाँदै गरेको यात्रुवाहक बस भक्तपुरको साँगामा भिरबाट खसेको छ ।
बा ३ख ९३९६ नम्बरको बस साँगा नजिकै झोलुंगे पुलमुनि खोल्सामा दुर्घटना भएको प्रहरीले जनाएको छ । उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एसएसपी राजेन्द्रप्रसाद भट्टका अनुसार दुर्घटनामा चालकसहित सात जना घाइते भएका छन्।
घाइतेमध्ये चार जनालाई मध्यपुर अस्पताल र तीन जनालाई युवामुरा अस्पतालमा उपचारको लागि पठाइएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar