मलेखु – गोरखाको गण्डकी गाउँपालिका स्थित् सिउरेनीटारमा बुढी गण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरिएको छ ।
आज बुधबार, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आयोजनाको फिल्ड कार्यालय उद्घाटन गरेका हुन् । प्रचण्डले यसअघी बुढी गण्डकी आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनःस्थापना इकाइ रहेको सिउरेनीटारस्थित् कार्यालयको उद्घाटन गरेका हुन् ।
कुल एक हजार दुई सय मेगावाट क्षमताको आयोजना निर्माणका लागि सरकारले बुढी गण्डकी जलविद्युत् कम्पनी स्थापना गरेको छ । सरकारले आयोजना प्रभावितलाई हालसम्म ३४ अर्ब ३० करोड रुपैयाँ बराबरको मुआब्जा वितरण गरिसकेको जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar