मलेखु – जिल्ला सदरमुकाम धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने धादिङबेसी – मलेखु सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।
आज दिउँसो १२ः३० बजे नीलकण्ठ नगरपालिका – ८ स्थित च्याडु घुम्ती नजिकै सडकमा खसेको पहिरोले सडकको दुबैतर्फ अवरुद्ध बनाएको हो । पहिरोका कारण अहिले त्यस क्षेत्रमा सवारीसाधनको आवागमन पूर्णरूपले ठप्प भएको छ । घुम्ती कटेर सडक चौडा गरेको स्थानमा कमजोर बनेको जमिन भासिएर पहिरो खसेको स्थानीयवासीले बताएका छन् ।
पहिरोले ठूल्ठूला ढुंगा र रुखसमेत खसालेकाले तत्काल बाटो खुलाउन कठिन रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पहिरो खसेको ठाउँ उकालो र साँघु घुम्तीसँगै भएकोले जोखिम बढेको प्रहरीको भनाई छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar