• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ११, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

१६ घण्टा अघि
२

किम्फ चलचित्र महोत्सव जेठमा

१६ घण्टा अघि
३

अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

१६ घण्टा अघि
४

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

१ दिन अघि
५

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

१ दिन अघि
६

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

१ दिन अघि
७

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

१ दिन अघि
८

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

१ दिन अघि
९

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

१ दिन अघि
१०

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

१ दिन अघि
११

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

१ दिन अघि
१२

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • स्वर्ण पदकले दिलाएको खुसी

    शुभयुग संवाददाताप्रकाशित मिति: २०८० श्रावण ३, बुधबार (१ साल अघि)
  • ५०१ पाठक संख्या
  • kheladi-yambahadu-samal-5-1024x473

    पाल्पा – पाल्पा रामपुरका यमबहादुर समालले कराते खेल्न थालेको आठ वर्ष भयो । उनलाई सानैदेखि कराते खेल्न रुचि थियो ।

    यही खेलमा केही गर्छु भन्ने मनसाय बनाएर खेल सुरु गरेका समालले आठ वर्षमा करातेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा स्वर्ण पदक चुमे । दक्षिण कोरियामा हालै सम्पन्न १५औँ कोरिया ओपन कराते प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै समालले नेपाललाई स्वर्ण पदक दिलाए । गत असार तेस्रो साता सम्पन्न उक्त प्रतियोगितामा पुरुषतर्फको ६० किलो मुनिको तौल समूहमा समालले स्वर्ण पदक जितेका हुन् । अन्तर्राष्ट्रियस्तरको प्रतियोगितामा उनको यो दोस्रो सहभागिता थियो । पदक जितेर नेपाल फर्किएका उनी औधी खुसी छन् ।

    समाल भर्खर २१ वर्षको भए । सिनियर खेलाडीले करातेमा प्राप्त गरेको सफलताले आफूलाई हौस्याएको उनले सुनाए । आफूले पनि कहिले स्वर्ण पदक प्राप्त गर्न सकिएला भन्ने समाललाई लागिरहन्थ्यो । खेलमा अथक मेहनत, लगनशीलता र अनुशासनबिना सफलता प्राप्त गर्न असम्भव नहुने उनले बताए । आफूले खेलमा यिनै कुरालाई ख्याल गर्दै लागिपरेको अनुभव सुनाए उनले ।

    ‘कराते खेलमा सानैदेखि रुचि थियो, यसमै समर्पित छु, सक्दो मिहिनेत गरिरहेको छु’, उनले भने, ‘कोरियामा प्राप्त गरेको उपलब्धि मेरो जीवनका लागि महत्वपूर्ण रह्यो, यसले खेलमा थप हौसला मिलेको छ ।’

    पदक जितेर देशको झण्डा फहराउन पाउँदाको खुसी जीवनकै महत्वपूर्ण क्षण रहेको उनले बताए । फाइनल खेलमा समालले भारतीय खेलाडीलाई आठका विरुद्ध शून्य अंकले पराजित गरे । अरू देशका खेलाडीका तुलनामा नेपाली खेलाडी आर्थिक तथा प्रशिक्षणको अभाव झेल्नुपरेको कुराले उनलाई दुःखी बनाएको छ । कोरियाको अनुभव प्राप्त गरेपछि सरकारले खेल र खेलाडीको भविष्य सुनिश्चितताका लागि धेरै गर्न बाँकी रहेको समालले सुनाए ।‘बाहिरको खेलाडीको तुलनामा नेपालका खेलाडीलाई राज्यले सम्मान र सहयोगमा चासो दिँदैन, आफ्नै लगानीमा प्रतिस्पर्धा गरेर खेल्न खेलाडी बाध्य छन्, पर्याप्त आर्थिक रकम नहुँदा आफैँले लगानी गरेर खेल्न समस्या हुँदा राम्रा खेलाडी खेल क्षेत्रबाट विस्थापित हुनु परेको छ’, उनले दुःखेसो पोखे ।रामपुर नगरपालिका–१ ठूलीबँेसी स्थायी घर भई हाल काठमाडौंमा अध्ययनसँगै खेलकुदमा लागेका समालले करातेमा पाएको सफलतापछि यसमै ठूलो सपना बुनेका छन् । कक्षा ३ सम्मको अध्ययन गाउँमै गरेका उनी काठमाडौंमा परिवारसँगै अध्ययन गर्न गए । काठमाडौंस्थित ह्वाइट हेभन एकेडेमीमा कक्षा ३ मा भर्ना भई अध्ययन सुरु गरेका उनले विद्यालयमा बिहान एक घण्टा कराते खेलमा सहभागी भएर सिक्न थाले । विद्यालयमै खेलकुदसम्बन्धी ज्ञान सिक्ने अवसरले उनलाई भविष्यमा राम्रो कराते खेलाडी नै बन्छु भन्ने प्रेरणा जागेको थियो ।

    विद्यालयमा एक वर्षसम्म कराते सिकेका समालले परिवारको सहयोगमा विद्यालय समयबाहेक मनकामना डोजोमा आबद्ध भएर थप अभ्यास गरे । नौ वर्षको उमेरदेखि नै कराते खेल्न थालेका उनी अन्ततः भविष्यमा पनि यही विद्यामा लागेर देशको लागि खेल्ने र नाम चिनाउने अठोट बोकेर खेल्न थाले । खेलमा लगानी गर्न राज्य उदासीन बनेकामा उनले दुःख व्यक्त गरे ।

    समालले भविष्यमा स्थानीयस्तरमा कराते खेलाडी उत्पादन गर्ने लक्ष्य लिएर भाइलाई पनि कराते खेल्न हौस्याएका छन् । राज्यले खेलाडीको मनोबल वृद्धि गर्न र खेलाडीलाई रोजगारको व्यवस्था गर्नुपर्ने उनको माग छ । उनका अनुसार स्वदेशमा खेल क्षेत्रमा लागेर बाँच्ने आधार नहुँदा खेलाडी विदेश पलायन हुनुपर्ने अवस्था छ । समालले स्थानीयस्तरसँगै विभिन्न स्थानमा भएका क्षेत्रीय, प्रदेश तथा राष्ट्रिय स्तरका प्रतियोगितामा सहभागिता जनाएका छन् । लगानी गरे नेपालले पनि खेलकुदमा उल्लेख प्रगति गर्न सक्ने उनको बुझाइ छ ।

    पहिलोपटक २०७४ सालमा तेह्रथुममा उनले राष्ट्रियस्तरको करातेमा प्रतिस्पर्धा गरे । २०७५ सालमा उनले बाग्लुङमा लुम्बिनी प्रदेशको नेतृत्व गर्दै राष्ट्रियस्तरको खेलमा सहभागिता भए । बाग्लुङमा २०७६ सालमा भएको राष्ट्रियस्तरको प्रतियोगितामा समालले स्वर्ण पदक जिते । यो उनको पहिलो पदक थियो । मलेसियाको क्वालालम्पुरमा भएको सातौँ केएल मेयर कपमा पहिलो पटक अन्तर्राष्ट्रियस्तरको खेलमा नेपालको प्रतिनिधित्व गर्दै प्रतिस्पर्धा गरेका उनले बंगलादेश, मलेसिया र इन्डोनेसियाका खेलाडीसँग प्रतिस्पर्धा गर्दै रजत पदक प्राप्त गरे । सन् २०२३ मा ललितपुरमा भएको सेकेण्ड कृष्णप्रसाद भट्टराई मेमोरियल नेसनल कराते च्याम्पियनसिपमा उनले कास्य पदक जिते ।

    दक्षिण कोरियामा स्वर्ण पदक जितेपछि समाललाई रामपुर नगरपालिकाले एक लाख रुपैयाँसहित सम्मान गरेको छ । नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका बीच उनलाई नगरप्रमुख रमणबहादुर थापा, उपप्रमुख बालकुमारी थापा र प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले सम्मान गरे ।

    पाल्पाको रामपुरमा जन्मेर अन्तर्राष्ट्रियस्तरको खेलमा पहिचान दिलाउन सफल भएकामा सम्मान गरिएको नगरप्रमुख थापाले बताए । ‘अन्तर्राष्ट्रियस्तरको कराते खेलमा स्वर्ण पदक जित्न सफल यमबहादुरको सफलताले मुलुकको पहिचान बनाएको छ । खेल क्षेत्रमा भविष्य बोकेर अगाडि बढेका खेलाडीलाई नगर सरकारले प्राथमिकता दिँदै खेलकुदका गतिविधि अगाडि बढाइरहेको छ,’ उनले भने ।

    राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरको खेलकुदमा पहुँच नहुँदा राम्रा खेलाडीले अवसर नपाएको खेलकुद पत्रकार मञ्च पाल्पाका सहसचिव दुर्गेश मल्लले बताए । स्थानीयस्तरमा अभिभावकले खेलकुदमा लगानी गर्न चासो नदेखाउँदा पनि खेल क्षेत्रमा लाग्नेको कमी रहेको उनले सुनाए । समाजमा यमबहादुरको सफलताले आफ्ना सन्ततिलाई खेलकुदमा लगानी गर्नुपर्ने रहेछ भन्ने सकारात्मक प्रभाव परेको सहसचिव मल्लले बताए ।

    प्रतिस्पर्धात्मक खेलमा खेलाडी आफैँले लगानी गरेर खेल्नुपर्दा समस्या हुने गरेको उनले टिप्पणी गरे । उनका अनुसार पारिवारिकको आर्थिक अवस्था कमजोर भएका राम्रा खेलाडी खेल क्षेत्रबाट विस्थापित भएर अन्य पेसा, व्यवसायमा लाग्न बाध्य भएका छन् ।

    रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा युवा, खेलकुद तथा मनोरञ्जन शीर्षकमा विभिन्न कार्यक्रम समेटेको छ । नगरको खेलकुद विकासलाई व्यवस्थित गरी युवा वर्गको सहभागिता वृद्धि गर्दै सक्षम खेलाडीको उत्पादन गर्ने उद्देश्यले खेलकुद विकास समिति गठन गर्ने योजना अगाडि बढाइएको छ ।

    ‘मेयर कप अन्तर वडास्तरीय रनिङ सिल्ड’ प्रतियोगितालाई निरन्तरता दिँदै राष्ट्रिय खेलहरू समावेश गरी नगर खेलकुद महोत्सव सम्पन्न गर्ने, फुटबल, भलिबल र क्रिकेट आदि खेलका लागि प्रशिक्षणको समेत व्यवस्था मिलाइने, विभिन्न खेलकुदहरूमा सहभागी भई छानिएका खेलाडीहरूबाट नगरस्तरीय टोली बनाई अन्तर जिल्ला एवं अन्तरपालिकास्तरीय खेलकुदमा सहभागी गराइनेलगायत योजना नीति तथा कार्यक्रममा समेटिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले बताए ।

    समुदायको लगानीमा निर्माण हुने खेलकुदका पूर्वाधारमा सहयोग गर्ने नीति अवलम्बन गरिने, प्रदेशस्तरमा खेलमैदान निर्माणको सम्भाव्यता अध्ययन गरी सम्बन्धित निकायसँग पहल गरिने, खेलाडीहरूको प्रोत्साहनका लागि विभिन्न विद्याका उत्कृष्ट खेलाडीलाई सम्मान एवं पुरस्कृत गरिने, राष्ट्रिय तथा जिल्लास्तरीय प्रतियोगिताका लागि छनोट भएका खेलाडीको दुर्घटना बीमा गरिनेलगायत कार्यक्रम आव २०८०÷८१ को नीति तथा कार्यक्रममा समावेश गरिएको रामपुर नगरपालिकाले जनाएको छ ।

  • subhayug
  • स्वर्ण पदक
  • प्रतिक्रिया दिनुहोस
    खेलकुद सम्बन्धि थप
  • नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

  • अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

  • नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

  • सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति


  • समाचार
  • १

    नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव
    १६ घण्टा अघि

  • २

    किम्फ चलचित्र महोत्सव जेठमा
    १६ घण्टा अघि

  • ३

    अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने
    १६ घण्टा अघि

  • ४

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    १ दिन अघि

  • ५

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    १ दिन अघि

  • ६

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    १ दिन अघि

  • ७

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    १ दिन अघि

  • ८

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    १ दिन अघि

  • ९

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    १ दिन अघि

  • १०

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ५ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution