२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं – क्वालालाम्पुर-भैरहवा-काठमाडौं उडानका क्रममा मलेसियामा नेपाल एयरलाइन्सको उडान डिले भएको घटनामा छानबिन गर्न समिति गठन गरिएको छ ।
निगमको आरए ४२२ उडान भर्नु अगाडी ९एन-एकेडब्यू जहाजको क्रू अक्सिजन बोतलको प्रेसर कम भएको र त्यसको जोहो हुन नसक्दा उडान रोकिएको थियो ।
अहिले यसको व्यवस्था भइसकेको र जहाज उड्ने क्रममा रहेको निगमले उल्लेख गरेको छ । के-कस्तो प्राविधिक कारणले यो समस्या आएको हो र भविष्यमा यो समस्या दोहोरिन नदिन के गर्नुपर्छ भन्नेबारे सुझाव दिन निगमले एक छानबिन समिति गठन गरी कारबाही प्रक्रिया अगाडी बढाएको बताएको छ । कम्पनीले उडान ढिला भएको प्रति यात्रुसँग माफी माग्दै आगामी दिनमा यस्तो नहुने बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar