काठमाडौं– काठमाडौं प्रहरीले ठमेलस्थित एलओडी (लर्ड अफ ड्रिङ्क्स) का म्यानेजरलाई पक्राउ गरेको छ ।
बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धानका लागि म्यानेजर सहदेव सेढाईंलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले बताए ।
रिजालका अनुसार म्यानेजर सेढाईं असार २८ देखि टेकुस्थित काठमाडौं प्रहरीको हिरासतमा छन् । जेठ ३० मा १५ वर्षीया बालिकालाई क्लब प्रवेशमा अनुमति दिएको आरोपमा पक्राउ परेका सो क्लबका सञ्चालकहरू राजुसिंह सुवाल र रुदिल बल्लभ श्रेष्ठलाई सरकारी वकिलले ‘जिम्मा जमानी’मा छाड्न निर्देशन दिएको थियो ।
जेठ ३० मा एलओडी गएकी बालिकालाई त्यहाँका ग्राहकले ललितपुरमा लगेर बलात्कार गरेका थिए । बलात्कारमा संलग्न आरोपीलाई जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरिरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar