२०८१ बैशाख १९, बुधबार
काठमाडौं– चार महिलाको प्रेमकथामा आधारित फिल्म ‘जुलेबी’ भाद्र १ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । निर्माण टिम र वितरण कम्पनी डिसीएनले कागजी सम्झौता गर्दै प्रदर्शन मिति तय गरेको हो ।
यस्तै फिल्मको डिजिटल राइट्स पनि बिक्री भएको छ । डिएआर मुभिजले ‘जुलेबी’ को डिजिटल राइट्स खरिद गरेको छ । डिएआर मुभिजका श्याम धिताल र फिल्मका कार्यकारी निर्माता नवीन भट्टले आइतबार डिजिटल राइटको विषयमा सम्झौता गरेका हुन् ।
उषा रजक, सुरक्षा पन्त, निशा अधिकारी, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा लगायत कलाकारको अभिनय रहेको फिल्म एन्थोलोजी जनरामा निर्माण भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar