काठमाडौं– रौतहटमा आर्थिक वर्ष २०७९÷०८० मा डुबेर १६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार एक वर्षमा ६ जना पुरुष, २ जना महिला, ४ जना बालक र ४ जना बालिकाको डुबेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी उमाशंकर यादवका अनुसार विभिन्न नदी तथा पोखरीमा डुबेर पछिल्लो आर्थिक वर्ष १६ जनाको मृत्यु भएको तथ्याङ्क छ ।
आर्थिक वर्षको अन्तिम दिन कटहरिया नगरपालिकास्थित गमहरिया घाट लालबकैया नदीमा नुहाउन गएका एक जना विद्यार्थीको डुबेर मृत्यु भएको छ ।
कटहरिया–५ का अशोक साह कानुको १५ वर्षीय छोरा कक्षा ९ मा अध्यनरत सोनु गुप्ताको नुहाउने क्रममा आइतबार डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar