काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा असार २८ गते पक्राउ परेर हिजो जिल्ला अदालत काठमाडौंको आदेशमा रिहा भएका केशव तुलाधर पुनः पक्राउ परेका छन् ।
ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा काठमाडौं असनका तुलाधरको संलग्नता देखिएका कारण पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले बताए ।
भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका तुलाधर हिजो १५ लाख रुपैयाँ धरौटीमा छुटेका थिए ।
पक्राउ परेका तुलाधरलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौंमै राखिएको र आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई आवश्यक अनुसन्धानका लागि बुझाइने प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक कार्कीले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका भन्दै यही असार २८ गते उनलाई काठमाडौं उपत्यका अनुसन्धान कार्यालयको टोलीले काठमाडौंको सानो भर्याङबाट पक्राउ गरेको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar