काठमाडौं– मकवानपुरका हेटौँडाबाट १ सय किलो लागु औषध गाँजासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–४ कर्राबाट १ सय किलो ६ सय ग्राम लागु औषध गाँजासहित चालक गोरखा पालुङटार नगरपालिका–३ बस्ने ३७ वर्षीय दुर्गा दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
विशेष सूचनाको आधारमा हेटौडाबाट पथलैया तर्फ जादै गरेको बागमती प्रदेश ०३–००१ च १६८८ नम्बरको बोलेरो पिकअप गाडीबाट सो परिणाममा लागु औषध गाँजा बरामद गरिएको उनले बताए ।
उक्त लागु औषध र गाडी सहित दर्जीलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाइएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar