काठमाडौं– आज तीन प्रदेशमा ठूलो बर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कोशी, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
मौसमविद् सञ्जीव अधिकारीका अनुसार कोशी र बाग्मती प्रदेशका एक÷दुई ठाउँमा दिउँसो तथा राति बाग्मती र गण्डकी प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
आज खासै धेरै पानी पर्ने सम्भावना नरहेको मौसमविद् अधिकारीले बताए । उनका अनुसार भोलि दिउँसो पछि भने पश्चिमी क्षेत्रमा पनि मनसुन सक्रिय हुने अनुमान छ । भोलि र पर्सि कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने मौसमविद् सञ्जीव अधिकारीले बताए ।
आज भन्दा भोलि र पर्सि धेरै पानी पर्ने सम्भावना रहेको पनि मौसमविद्ले बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar