काठमाडौं– जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म आजदेखि रेल सुरु भएको छ ।
यसअघि गएको २०७८ साल चैत २० गतेदेखि जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुँदै आएको थियो । यो सेवालाई विस्तार गर्दै आजदेखि महोत्तरीको बिजलपुरासम्म सञ्चालन गरिएको हो ।
जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थाबाट महोत्तरीको बिजलपुरासम्म १७ किलोमिटर ब्रोडगेज रेलमार्ग बनेसँगै बिजलपुरासम्म रेल सञ्चालन भएको हो ।
निर्माणकार्य सम्पन्न भएको कुर्थाबाट बिजलपुरासम्मको रेलवे ट्रयाक गएको जेठ १८ गते भारतीय रेलवे कम्पनी इरकन इन्टरनेशनल कम्पनी लिमिटेडका महाप्रबन्धक दीपक कुमारले नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जनकुमार झालाई हस्तान्तरण गरेका थिए । अहिलेलाई कुर्थाबाट बिजलपुरासम्म दिनमा एकपटक सेवा दिइने झाले बताए ।
कुर्थाबाट बिजलपुरासम्मको १७ किलोमिटर रेलवे ट्रयाक निर्माण सम्पन्न भएर हस्तान्तरण भइसके पनि बिजलपुराबाट बर्दिबाससम्मको १८ किलोमिटर रेलमार्ग निर्माणमा जग्गा मुआब्जा विवाद बाधक बन्दा समस्या भएको छ । यही कारणले बिजलपुराबाट बर्दिबाससम्म रेलवे ट्रयाक निर्माणको काममा समस्या भएको छ ।
मुआब्जाको समस्या समाधान भएपछि दुई वर्षभित्र ब्रोडगेज रेलमार्ग निर्माण सकेर बर्दिबाससम्म पनि रेल चलाउने तयारी भएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar