काठमाडौं– दाङको बंगलाचुलीमा वनबाट ल्याएको च्याउको तरकारी खाँदा आमाछोरा बिरामी परेका छन् ।
बिरामी पर्नेमा बंगलाचुली गाउँपालिका–१ स्यूजाकी ३८ वर्षीया यमाकुमारी कवर वली र उनका १२ वर्षीय छोरा यकिन वली रहेको बंगलाचुली गाउँपालिका वडा नम्बर १ का अध्यक्ष विष्णु कुवरले बताए ।
बिरामीलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पठाइएको प्राथमिक स्वास्थ्य केन्द्र स्यूजा अस्पतालले जनाएको छ ।
दुई जनाले शुक्रबार बिहानको खानामा च्याउ खाएको र खानापछि पेट दुख्ने समस्या देखिएपछि स्वास्थ्य संस्था ल्याइएको आफन्तले जनाएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar