काठमाडौं– जनमत पार्टीको केन्द्रीय समिति विस्तार भएको छ । यसपटक पार्टीको केन्द्रीय समितिमा दुईसय भन्दा बढी केन्द्रीय सदस्य थप गरिएको छ ।
हिजो बसेको बैठकले १७ सदस्यीय सचिवालय, ३९ सदस्यीय कार्यकारिणी समिति, १४ सदस्यीय राजनीतिक समिति र २१६ जनाको केन्द्रीय समिति बनाउने निर्णय गरेको जनमत पार्टीका कोषाध्यक्ष सुरेन्द्रनारायण यादवले जानकारी दिए ।
पछिल्लो समय जसपा नेपालबाट प्रवेश गरेका नेतामध्ये अधिकांश शीर्ष नेतालाई केन्द्रीय समितिमा समेटिएको छ ।
जसपाबाट जनमतमा प्रवेश गरेका नरसिंह चौधरीलाई उपाध्यक्षको जिम्मेवारी दिएको छ भने लोसपाबाट प्रवेश गरेका डा.शरदसिंह यादव सचिवालयमा परेका छन् । उनलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar