२०८१ बैशाख १५, शनिबार
काठमाडौं– मनसुनको न्यूनचापीय रेखा नेपालतर्फ सर्ने क्रम जारी रहँदा देशका विभिन्न भूभागमा भारी वर्षा भइरहेको छ ।
न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा दक्षिणतिर र पूर्वमा सरदर स्थानभन्दा उत्तर तर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।
मौसमविद् गोविन्द झाका अनुसार अहिले देशभर सामान्यदेखि पूर्ण बदली रही कोशी, गण्डकी, बागमती र मधेस प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा भइरहेको छ ।
सप्तरी, मोरङ र सुनसरीमा धेरै भारी वर्षा भइरहेको उनले बताएका छन् । काठमाडौंको पश्चिमी भूभागहरुमा पनि फाटफुट वर्षा भइरहेको छ ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही कोशी र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको मौसमविद् झाले जानकारी दिए । उनका अनुसार राति गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना छ ।
मनसुनको न्यूनचापीय रेखा नेपालतिर पूरै नसरेर पूर्वी भाग नेपाल सरिरहेको र पश्चिमी भाग अझै दक्षिणतिरै रहेको झाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar