२०८१ बैशाख १५, शनिबार
काठमाडौं – डेढ दशकपछि चर्चित नेपाली कथानक चलचित्र ‘दर्पण छायाँ’ का जोडी कलाकार उत्तम प्रधान र निरुता सिंहले सँगै काम गर्ने भएका छन् ।
यो जोडीले अभिनय गरेको उक्त चलचित्र दर्शकले अहिले पनि सम्झना गर्छन् । निर्देशक मुस्कान ढकालले चलचित्र ‘पञ्चामृत’ मार्फत यो जोडीलाई पुनः पर्दामा फर्काउने तयारी गरेका हुन् । आध्यात्मिक प्रेमकथामा आधारित यो चलचित्र भदौदेखि छायांकनमा जाने निर्माण पक्षले जनाएको छ ।
चलचित्रमा अभिनेत्री निरुता र अभिनेता उत्तमका साथमा अभिनेता सौगात मल्ल, अभिनेत्री विपना थापा, मिथिला शर्माले पनि काम तय भइसकेको छ । यस्तै अन्य कलाकार छनोटको क्रममा रहेको निर्माण पक्षको भनाइ छ । ‘नाइँ नभन्नु ल ३’ बाट निर्देशनमा हात हालेका मुस्कानको यो तेस्रो चलचित्र हो । उनले यसअघि ‘समर लभ’ निर्देशन गरेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar