२०८१ बैशाख १६, आईतबार
काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंका ५९ वर्षीय केशव तुलाधर रहेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
सो कार्यालयबाट खटिएको टोलीले बुधबार काठमाडौंकै सानो भर्याङबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजाने भन्दै रकम ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो । उनीविरुद्ध ठगी तथा संगठित अपराध समेतको कसुरमा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकुमा पठाइएको एसपी रेग्मीले बताए ।
यो मुद्दामा यसअघि पक्राउ परेका १८ मध्ये काठमाडौं जिल्ला अदालतले दुईलाई धरौटीमा रिहा र १६ जनालाई थुनामा पठाउन आदेश दिएको थियो । यही असार १ गते न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले यस्तो आदेश दिएको हो ।
आदेशपछि प्रतिवादीमध्येका टंक गुरुङ १० लाख र लक्ष्मी महर्जन पाँच लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । यस्तै, ‘हाई प्रोफाइल’हरू बालकृष्ण खाँण, टोपबहादुर रायमाझीलगायत सबै प्रतिवादीलाई जगन्नाथ देवलस्थित केन्द्रीय कारागारमा थुनामा पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar