काठमाडौं– प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धर्मपत्नी सीता दाहालको पार्थिव शरीरमा दागबत्ती दिएका छन् ।
प्रधानमन्त्री दाहालका साथै छोरीहरु रेणु दाहाल र गंगा दाहालले पशुपति आर्यघाटमा सीतालाई दागबत्ती दिएका हुन् । सीताको पार्थिव शरीर श्रद्धाञ्जलीको लागि कोटेश्वरको पेरिस डाँडा स्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि दिउँसो साढे १ बजेसम्म राखिएको थियो ।
त्यसपछि अन्त्यष्टीका लागि पशुपति आर्यघाट लगिएको हो । सीताको आज आज बिहान ८ बजेर ३३ मिनेटमा नर्भिक अस्पतालमा निधन भएको थियो । सीतालाई अन्तिम श्रद्धाञ्जली दिन पशुपति आर्यघाटमा बिभिन्न राजनीतिक दलका नेता कार्यकर्ता लगायत सरकारका मन्त्रीहरु पुगेका थिए ।
सीताको राजकीय सम्मानकासाथ अन्त्यष्टी गरिएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar