काठमाडौं– आज सेयर बजार परिसूचक नेप्सेमा २५ अंकमाथिको वृद्धि भएको छ । अघिल्लो दिन सामान्य अंकले घटेको नेप्से सूचकमा आज एकै दिन २५.३१ अंकले बढ्दै २ हजार ९७.५५ अंकको विन्दुमा उक्लिएको हो ।
आज कारोबार रकम समेत बढेर ३ अर्ब १८ करोड ७६ लाख ९५ हजार रुपैयाँ बराबरको ८५ लाख ४ हजार कित्ता सेयर बजारमा किनबेच भएको नेप्सेले जनाएको छ ।
आज फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । हाइड्रोपावर समूहको उपसूचक ४.४१ प्रतिशतले बढेको छ भने अन्य समूहको उपसूचक २ प्रतिशत कमले बढेका छन् ।
फाइनान्स र होटल तथा पर्यटन समूहको उपसूचक भने आज क्रमशः १.९५ प्रतिशत र ०.८७ प्रतिशतले घट्न पुगेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar