काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको राजकीय सम्मानसाथ अन्त्येष्टि गरिने भएको छ ।
आज बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले सीताको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय भएको सरकार प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।
‘दिवंगत सीता दाहालको अन्त्येष्टिको समयमा राजकीय सम्मानस्वरूप नेपाली सेनाको २ सेनामुख, स्कर्टपति सहसेनानीको एक टुकुटीद्वारा सलामी दिने व्यवस्था मिलाउने निर्णय गरेको छ,’ मन्त्री शर्माले जारी गरेको शोक वक्तव्यमा उल्लेख छ ।
उपचारका क्रममा सीताको आज बिहान ८ बजेर ३३ मिनेटमा थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar