काठमाडौं– आज बिहान निधन भएकी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको आजै अन्त्येष्टि गरिने भएको छ ।
उनको आज बिहान ८ः३३ बजे उपचारका क्रममा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको थियो ।
गम्भीर प्रकारको नशासम्बन्धीबाट गुज्रिइरहेकी उनको बिहान एक्कासी शरीरमा अक्सिजनको मात्रा घटेको थियो । बिहान ८ बजे अस्पताल पु¥याएकी उनको निधन भएको अस्पतालले जानकारी दिएको हो ।
उनको पार्थिक शरीर बिहान ११ बजेदेखि पार्टी कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा दिउँसो अन्त्येष्टि गरिने प्रधानमन्त्री प्रचण्डको सचिवालयले जानकारी दिएको छ ।
२०७४ साल मंसिरमा छोरा प्रकाश दाहालको निधन भएपश्चात् उनलाई रोगले गाँज्दै लगेको थियो । पछिल्लो समय उनी ओछ्यान नै परेकी थिइन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar