काठमाडौं– विराटनगरमा साइकल चालकलाई कुटपिट गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएको बुधवार विराटनगरको दुधफारम नजिकै साइकल चालक पवन साहलाई कुटपिट गरेर सडकमा घिसार्नेमध्येका एक आयुष भेटुवाललाई प्रहरीले पक्राउ गरेको हो ।
कुटपिटमा संलग्न कुशल भेटुवाल र रोशन कार्की भने फरार छन् । बा १५ च ३४४५ नम्बरको कारमा आएका उनीहरूले विपरीत दिशाबाट गुडिरहेको साइकलका चालक साहलाई मुक्का प्रहार गरी लडाएर सडकबाट घिसारेर किनारमा छाडेर हिँडेका थिए ।
पक्राउ परेका भेटुवाललाई प्रहरीले ज्यान मार्ने कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar