काठमाडौं– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले जनतालाई भ्रममा पारेर तमासा गरिरहेको बताएका छन् ।
आज नेकपा एमाले वागमती संगठन कमिटीको सातौँ बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले भ्रष्टाचारविरोधी काम गर्यौं भनेर तमासामात्रै देखाएकाले भ्रष्टाचारीलाई कारबाही हुन्छ भनेर विश्वास गर्न नसकिने बताए ।
‘यो तमासा सरकारले जे गरिरहेको छ, जनतालाई भ्रम दिएर वाइवाइ गर्ने षड्यन्त्रमात्रै हो यसबाट केही हुनेवाला छैन’, पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘जहाँ ताक्न खोजेको त्यहाँ लाग्नेवाला नै छैन । यिनीहरुले के गर्छन् अन्त ?’
उनले सरकारले भ्रष्टाचार नियन्त्रण गर्छु भनेर भनेपनि भित्तामा हानेको भकुण्डो आफैंतिर फर्केर आफैंलाई लाग्ने पनि बताए । ‘यिनीहरुले भकुण्डो भित्तामा हान्छन् भित्ताबाट भकुण्डो फर्केर आफ्नै टाउकामा लाग्छ । अर्कोलाई हान्न खोज्छन् तर आफ्नै टाउकामा लाग्छ’, ओलीले भने, ‘त्यसो भएपछि यिनीहरुले केही गर्ने होइनन् यो सबै स्टन्ट हो ।’
प्रधानमन्त्री प्रचण्डले संसदमा आफूलाई स्पष्टीकरण दिन समेत नदिएर झुठ बोलेको भन्दै ओलीले भने, ‘प्रचण्डजी एण्ड कम्पनीको गठबन्धन सरकारले मिटरव्याजविरुद्धको अध्यादेश असफल पार्यो ।’
अध्यक्ष ओलीले जलहरी प्रकरणमा सुनको साटो पित्तल चढायो भनेर अफवाह फैलाएको भन्दै त्यसरी अफवाह फैलाउन सत्तापक्षले सांसदहरुलाई तालिम दिने गरेको आरोप लगाए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar