एजेन्सी– स्विडेनलाई नेटोमा समावेश गर्न टर्की सहमत भएको छ । नेटो प्रमुख जेन्स स्टोल्टनबर्गले टर्कीका राष्ट्रपति रेचेप तैयप अर्दोआनले स्विडेनलाई यस सैन्य गठबन्धनमा समावेश गर्न सहमत भएको बताएका छन् ।
उनले अर्दोआनले टर्कीको संसद्मा स्विडेनको प्रस्ताव ल्याउने र ‘समर्थन सुनिश्चित गर्ने’ बताए । यसैबीच स्विडेनका प्रधानमन्त्री अल्फ क्रिस्टर्सनले भने, ‘म धेरै खुसी छु, आज स्विडेनका लागि ठुलो दिन हो ।’
स्विडेनले कुर्दिश लडाकुलाई शरण दिएको आरोप लगाउँदै टर्कीले केही महिनासम्म उनको आवेदन रोकेको थियो ।
नेटोका ३१ सदस्य मध्येको एकको रूपमा, टर्कीसँग कुनै पनि नयाँ देशलाई गठबन्धनमा सामेल हुनबाट रोक्नका लागि भिटो शक्ति छ ।
यस समाचारमा प्रतिक्रिया दिँदै अमेरिकी राष्ट्रपति जो बाइडेनले राष्ट्रपति अर्दोआनको तर्फबाट छिटो समर्थन जुटाएर अघि बढ्ने प्रतिबद्धताको स्वागत गरेको बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar