काठमाडौं – नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवास प्रकरणमा अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेको छ ।
ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सञ्जयसिंह थापाले विज्ञप्ति निकालेर ललिता निवासको एक सय ४३ रोपनी जग्गाबारे सीआईबीले अनुसन्धान गरिरहेको हुँदा यो प्रकरणलाई जोडेर अतिरञ्जित र भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह गरेका छन् ।
कसुरको तथ्यगत विषयलाई मोडेर असम्बन्धित व्यक्ति तथा पदाधिकारीको नामसमेत जोडी अतिरञ्जित र भ्रामकरूपमा आएका समाचार तथा सामग्रीमा गम्भीर ध्यानाकर्षण भएको सीआईबीले जनाएको छ ।
पछिल्लो पटक गएको आइतवार ललिता निवास जग्गा हिनामिना प्रकरणमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव कृष्णबहादुर राउत पक्राउ परेका छन् । यो प्रकरणमा पक्राउ परेका अन्य आरोपितलाई पनि म्याद थप्न आज अदालत लैजाने तयारी छ ।
राउतसहित सबैलाई आज पुनः म्याद थपका लागि अदालत उपस्थित गराइनेछ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ललिता निवासको जग्गा हिनामिना प्रकरणमा मुलुकी ऐनको कीर्ते र सङ्गठित अपराध निवारण ऐन २०७० को दफा अनुसार अनुसन्धान गरिरहेको छ ।
यो प्रकरणमा पूर्वसहसचिव सुधीरकुमार शाह र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित अरु ११ जना पनि पक्राउ परिसकेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar