काठमाडौं– पहिरोमा परेर भारतमा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ ।
सिमलाको ठेट क्यार भन्ने ठाउँमा गएको पहिरोमा परेर रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ टुनिबोटका ४८ वर्षीय दिपबहादुर ओली, उनकी श्रीमती भीमा र १७ वर्षीय छोरा मोहोनको ज्यान गएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए ।
उनका अनुसार उनीहरु हिजो बिहान घर माथिबाट आएको पहिरोमा परेका हुन् । दिपबहादुर ऋण तिर्नका लागि भन्दै एक वर्षअघि मजदुरी गर्न भारत गएका थिए ।
श्रीमती र दुई छोरा भने झण्डै एक महिना अघि मात्रै भारत गएका त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेशकुमार केसीले जानकारी दिए । पहिरो गएका बेला जेठो छोरो घरमा नभएकाले बाँचेका छन् । ज्यान गुमाएकाको शव नेपाल ल्याउने तयारी भइरहेको त्रिवेणी गाउँपालिकाले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar