काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षीले माग्नेबित्तिकै दिनुपर्ने हो भनेर सोधेका छन् ।
प्रतिनिधि सभाको बैठकमा प्रष्टीकरण दिँदै प्रधानमन्त्री प्रचण्डले अभिव्यक्तिबारे स्पष्टीकरणको मौका नदिई राजीनामा माग्नु नै लोकतन्त्र, संसदीय मान्यता हो त? भनेर सोधेका हुन् ।
उनले आफूले पुस्तक विमोचनका सन्दर्भमा बोलेका कुराबारे गम्भीर ढंगले प्रश्न उठेपछि त्यतिबेलै प्रष्टीकरण दिन चाहेको तर मौका नदिई संसद् अवरुद्ध गरिएको बताए ।
‘संसद्मा सानाठूला प्रश्नको जवाफ दिँदै आएको छु। संसद्मा उठेका प्रश्नको जवाफ दिनु मेरो जिम्मेवारी हो। पुस्तक विमोचनको अभिव्यक्तिप्रति प्रश्न उठ्ने बित्तिकै बोल्ने अवसरको निम्ति माग गरेको हुँ, यति गम्भीर प्रश्न उठिनै सकेपछि यथार्थ के हो भनेर स्पष्टीकरण दिने अवसर ठूलो कुरा थियो,’ उनले भने।
तर किन राजीनामा नै माग गरेर संसद अवरूद्ध गरियो आफूले बुझ्न नसकेको प्रधानमन्त्री प्रचण्डले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar