काठमाडौं– बैतडीको मेलौलीमा आज दिउँसो भएको बस दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रन्तोलीका २७ वर्षीय उमेश भण्डारी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । भण्डारीको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको क्रममा मृत्यु भएको हो ।
यस्तै, दुर्घटनामा परेर अन्य ३९ यात्रु घाइते भएका छन् । घाइतेमध्ये गम्भीर अवस्थामा रहेका १६ जनालाई डडेल्धुरा अस्पताल रेफर गरिएको छ । अन्य घाइतेको मेलौलीमा उपचार भइरहेको छ । घाइतेहरुको परिचय खुल्न सकेको छैन् ।
पञ्चेश्वरबाट महेन्द्रनगर जादैं लु २ ख २०११ नम्बरको पवनदुत यातायातको बस आज दिउँसो १ बजे मेलौली नगरपालिका ७ स्वाखानीमा दुर्घटनामा परेको हो ।
सडकबाट ४०० मिटर तल खसेर रुखमा अड्किएको बस दुर्घटनाको कारण खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar