काठमाडौं– एक बालकलाई कोठामा थुनेर सुनको मुन्द्रा लुटेको आरोपमा दाङको तुलसीपुरमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूले तुलसीपुरको बसपार्कमा रहेको एउटा घरमा ती बालकलाई शनिवार दिनभरिभित्रै थुनेर डर देखाई कानमा लगाएको मुन्द्रा लुटेर फरार भएका प्रहरीले जनाएको छ ।
मुन्द्रा लुटेर फरार भएका दुवै जनालाई प्रहरीले हिजो आइतवार पक्राउ गरेको हो । पीडित पक्षले आज सोमवारमात्रै जाहेरी दिएकाले अदालतबाट म्याद लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी रहेको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar