काठमाडौं– भारतले धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोल्ने भएपछि दार्चुला जिल्ला प्रशासन कार्यालयले महाकाली नदी किनारका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ ।
सार्वजनिक सूचना जारी गर्दै मंगलबार बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म र त्यसपछि पनि सतर्कता अपनाउन भनिएको हो ।
भारतको एनएचपीसी लिमिटेड र धौलीगंगा पावर स्टेशनले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्राचार गर्दै धौलीगंगा जलविद्युत् परियोजनाको बाँध खोल्न लागिएको जानकारी गराएपछि दार्चुला प्रशासनले स्थानीयवासीलाई सतर्क गराएको हो ।
भारत, उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने धौलीगंगाको बाँध खोल्दा दार्चुला, बैतडी, डडेलधुरा, कञ्चनपुर हुदै भारततर्फ बग्ने महाकाली नदीमा जलस्तर बढ्ने छ । त्यसबाट आसपासका क्षेत्रमा बाढी आउन सक्ने र डुबान हुनसक्ने भएकाले पूर्व सतर्कता अपनाउन भनिएको हो ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar