काठमाडौं– भोजपुरमा आफ्नै साथीको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका छन् ।
भोजपुर नगरपालिका–१२ टक्सारका १८ वर्षीय दिप्सन प्रधानको हत्या गरेको आरोपमा ६ जना पक्राउ परेका जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटना गएको २२ गते शुक्रवार भए पनि हिजो मात्रै थाहा पाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख सरतकुमार थापा क्षेत्रीले जानकारी दिए ।
हिजो आफन्तले प्रधान हराएको भन्दै खोजीकका लागि उजुरी दिएका थिए । उनका अनुसार ज्यान गुमाएका प्रधानको शव अखुवा खोला बगरमा पुरेको अवस्थामा भेटिएको छ ।
प्रधानको हत्या गरी शव पुरेको हुन सक्ने प्रहरीको अनुमान छ । हत्या आरोपमा पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar