काठमाडौं– काठमाडौं महानगरपालिकाले अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको आकाश फुड्स पसललाई एक लाख ५० हजार रुपैयाँ जरिबाना तिराएको छ ।
पसल सञ्चालक अङ्कुर अग्रवालले सडेगलेका ढुसी परेको मिठाइ तथा किरा परेको अन्य खाद्य सामग्री बिक्री गरेको पाएपछि एक लाख ५० हजार रुपैयाँ जरिबाना गरेको महानगरका निरीक्षण अधिकृत बलराम त्रिपाठीले जानकारी दिए ।
जरिबाना तिर्न महानगरले सात दिनको समय दिएको छ । तोकिएको समयभित्र जरिबाना बापतको रकम नबुझाए थप कारबाही हुने महानगरपालिकाले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar