काठमाडौं – मिटरब्याजीलाई कारबाही गर्ने कानुन पारित गर्न माग गर्दै मिटरब्याज पीडितले काठमाडौंमा प्रदर्शन गरेका छन् । आज काठमाडौंको माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म मिटरब्याज पीडितले प्रदर्शन गरेका हुन् ।
मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारले गएको वैशाख २० गते ल्याएको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश २०८० को प्रतिस्थापन विधेयक निष्क्रिय भएको छ ।
संविधानअनुसार अध्यादेश जारी भएको ६० दिनभित्र संसदबाट पारित नभए निष्क्रिय हुन्छ । कानुन निष्क्रिय भएसँगै मिटरब्याज पीडितले कानुन पारित हुनुपर्ने माग राख्दै प्रदर्शन गरेका हुन् ।
मिटरब्याज पीडितहरुले तीन वटा पार्टी मिलेर मिटरब्याजविरुद्धको कानुन पारित हुन नदिएको आरोप लगाएका छन् । उनीहरुले नेकपा एमाले,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मिलेर कानुन पारित हुन नदिएको आरोप लगाएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar