काठमाडौं– नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणाले पैसा लिएको दाबी गरिएको अडियो शरणार्थी प्रकरणका प्रतिवादी सन्देश शर्माकै भएको पुष्टि भएको छ ।
प्रहरी प्रधान कार्यालयले अडियोमा बोल्ने व्यक्ति सन्देश शर्मा नै भएको बताएको हो । दाङका शर्मा शरणार्थी प्रकरणमा पक्राउ परेर अनुसन्धानका लागि थुनामा छन् ।
आफ्नो नाम जोडेर बदनियत पूर्ण ढंगबाट फेक अडियो बनाएर बदनाम गराउन खोजेको भन्दै राणाले दोषीलाई कारबाही माग गर्दै साइबर ब्यूरोमा निवेदन दिएकी थिइन् ।
आरजुकै निवेदनमाथि अनुसन्धान गर्दा उक्त अडियो शर्माको आवाजसँग मिलेको हो ।
अडियो टिकटकमा पहिलो पटक कहाँ र कसले राखेको भन्ने बारेमा टिकटक सिंगापुरसँग जानकारी माग गरेकोमा हालसम्म प्राप्त हुन नसकेको नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar