काठमाडौं– लगातार संसद् अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसद् सुचारु गर्न सहमत भएको छ ।
आज प्रधानमन्त्री प्रचण्ड, प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच संसद्को गतिरोध खोल्ने विषयमा छलफल भएको थियो ।
सो छलफलका क्रममा आफ्नो विवादास्पद अभिव्यक्तिबारे प्रधानमन्त्रीलाई संसद्मा सम्बोधन गर्न दिन एमाले सहमत भएको हो ।
तर एमालेले सशर्त संसद् सुचारु गर्न सहमति जनाएको एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले बताएका छन् । संसद्मा प्रधानमन्त्रीको भनाई कस्तो आउँछ त्यसलाई हेरेर मात्र अर्को बैठकमा एमालेको भूमिका तय गर्ने जानकारी दिए ।
आज अपराह्न ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दलको तर्फबाट प्रमुख सचेतक पदम गिरीले बोल्नेछन् भने त्यसपछि प्रधानमन्त्री प्रचण्डले आफ्नो स्पष्टीकरण राख्ने सहमति भएको छ ।
गत असार १८ गते प्रितम सिंहको एक पुस्तक विमोचनका क्रममा प्रधानमन्त्री प्रचण्डले सिंह आफूलाई प्रधानमन्त्री बनाउनका लागि पटक पटक दिल्ली गएको भनेपछि सो अभिव्यक्तिलाई लिएर एमालेले संसद् बैठक अवरुद्ध गर्दै आएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar