काठमाडौं– आज चार प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान गरिएको छ ।
दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा र राति कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् विनु महर्जनले जानकारी दिइन् । उनका अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ ।
यस्तै, भोलिदेखि पानी पर्ने क्रम झन् बढ्ने अनुमान गरिएको छ । मनसुन सक्रिय हुने सङ्केत देखिएकाले भोलिदेखि केही दिन देशका धेरै ठाउँमा पानी पर्ने मौसमविद् महर्जनले बताइन् ।
पछिल्लो दुई तीन दिनयता देशका धेरै ठाउँमा पानी कम परेको छ । पानी परिहाले पनि लगातारजसो झरी परेको छैन ।
तर, भोलिदेखि भने मनसुन फेरि सक्रिय हुने भएकाले धेरै ठाउँमा मुसलधारे वर्षाको अनुमान गरिएको मौसमविद्ले बताएका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar