काठमाडाैं – थाइल्यान्डको पटायामा हुने २५ औं एसियाली एथलेटिक्स च्याम्पियनसिपमा नेपालबाट ७ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।
जुलाइ १० देखि १७ तारिखसम्म हुने प्रतियोगिताको दीपक अधिकारीले १० हजार मिटर दौड, मुकेश पालले १५००/५ हजार मिटर दौड, सोमबहादुर कुमालले ४ सय/८ सय मिटर दौड तथा शिवराज पार्की र आयुश कुँवरले १००/२०० मिटर दौडमा प्रतिस्पर्धा गर्ने छन् । ५ पुरुष र २ महिला गरी ७ खेलाडीले प्रतियोगितामा नेपालको चुनौती प्रस्तुत गर्न लागेका हुन् ।
महिलामा राजपुरा पछाईंले ५ हजार मिटर दौड तथा फुलमती रानाले ८ सय/१५०० मिटर दौडमा भाग लिने छन् । मुकेश, शिव र आयुशबाहेक सबै खेलाडी चीनको हाङझाउमा हुने १९ औं एसियाली खेलकुदका लागि छनोट भएका खेलाडी हुन् ।
प्रशिक्षकमा एथलेटिक्सका मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ तथा अफिसियलमा जितेन्द्र चौधरी रहेका छन् । टोलीलाई सफलताको शुभकामना दिदै राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष शिव कोइराला र सदस्य – सचिव टंकलाल घिसिङले शनिबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली आइतबार थाइल्यान्ड प्रस्थान गर्दै छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar